मुगु । विश्वका चारधामभित्र पर्ने छायाँनाथ धामको तिर्थयात्रा सुरु भएको छ । शुक्रबार छायाँनाथ रारा नगरपालिका २ चैन गाउँमा रहेको शिवजिको मूर्ति पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुमकर्मारोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ धाम तिर्थयात्रा सुरु भएको हो । हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथीका दिन जिल्लाको प्रसिद्ध देवता छायाँनाथ…