काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी फेरि कारागार फर्किएका छन्। २४ भदौमा जेनजी आन्दोलनको प्रदर्शनका क्रममा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि मंगलबार पुनः कारागार फर्किएका कारागार स्रोतले जनाएको छ। रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी निस्केका थिए। देशभरका कारागारबाट झण्डै १४ हजारभन्दा बढी कैदीबन्दी भागेका थिए। तीमध्ये करिब आधाजसो अहिले…