इलाम नगरपालिका ९ र ११ वडा जोड्ने पुवा खोलामा निर्मित बेलिब्रिज औपचारिक सञ्चालनमा आएको छ। बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उद्घाटन गरेका हुन्। भारत सरकारको सहयोगमा सो पुल निर्माण भएको हो। उक्त पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ्, पाँचथर र इलामका बासिन्दालाई झापासम्मको आवतजावत सहज भएको छ। उक्त पुल ४८.८…