२८ असार २०८३, आइतबार | Mon Jul 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘चिसो मान्छे’ को अग्रिम बुकिङ खुला, भोलिबाट प्रदर्शनमा आउने



दीपेन्द्र के खनाल निर्देशन प्रतिक्षित फिल्म ‘चिसो मान्छे’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्मका लागि मल्टिप्लेक्सले अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । फिल्मलाई क्यूएफएक्सले प्रदर्शनको पहिलो दिन अर्थात शुक्रबार १५ शो दिएको छ भने शनिवार १० शो दिएको छ ।

शर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा अर्पण थापा, स्वस्तिमा खड्का तथा देशभक्त खनालको मुख्य भूमिका रहेको छ । वैदेशिक रोजगारीमा गएका श्रीमान् काठको बाकसमा फर्किएपछि नव यौवन भर्खर सुरु हुँदै गरेकी श्रीमतीका चोटका बिषयमा फिल्म निर्माण भएको हो । फिल्मले नयाँ पुस्ताले पुरानो रीतिथिति भत्काउँदै नयाँ संस्कारको सुरुवात गर्ने प्रेरणा दिने निर्माण युनिटले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  २ : ०७ बजे