२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शौचालयमा लडेर बेहोस हुँदा बौद्धमा एक जनाको मृत्यु



काठमाडौं- काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ बौद्धमा शौचालयमा लडेर बेहोस हुँदा एक जनाको मृत्यु भएको छ। 

शनिबार राति साढे ८ बजे रामेछाप उमाकुन्ड गापा- ५ घर भइ गोकर्णेश्वर-४ उत्तरबाहिनिस्थित राजेन्द्र श्रेष्ठको जग्गा भाडामा लिई टहरा बनाई बस्ने वर्ष ४९ कि सुशिला खड्काको मृत्यु भएको हो। 

शौचालयमा लडि बेहोस अवस्थामा उनकी बहिनी वर्षा सुनवारले तत्काल उपचारको लागी नेपाल मेडिकल कलेज अत्तरखेल अस्पताल लैजाँदा लैजाँदै बाटोमा नै मृत्यु भइसकेको भन्ने खबर प्राप्त हुनासाथ बौद्ध प्रहरीको टोली खटिएको थियो। 

प्रहरीले घटनाबारे जाँच भइरहेको र शव अस्पतालमा नै रहेको जनाएको छ। 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ५ : ५२ बजे