१८ जेष्ठ २०८३, सोमबार | Tue Jun 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल-बेलायत संसदीय समूहको पहिलो बैठक सम्पन्न



काठमाडाैँ -नेपाल(बेलायत संसदीय मैत्री समूहको पहिलो बैठक सम्पन्न भएको छ।

सोमबार सिंहदरबारमा नेपाल(बेलायत संसदीय मैत्री समूहको पहिलो बैठक बसेको हो। उक्त बैठकको संयोजन रास्वपा सांसद विराजभक्त श्रेष्ठले गरेका थिए। उक्त बैठकले नेपाल र बेलायत बीचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य सहित संसदीय मैत्री समूहलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय गरेको छ। बैठकमा समूहका सदस्य सांसदहरूबीच नेपाल(बेलायत सम्बन्धका विविध आयामहरूबारे छलफल भएको थियो। संयोजक श्रेष्ठले समूहले आगामी दिनमा दुवै देशका सांसदहरूबीच नियमित संवाद, अनुभव आदानप्रदान, र आपसी समझदारी अभिवृद्धि गर्ने कार्यक्रमहरूलाई प्राथमिकता दिने जानकारी दिए।

बैठकले नेपाल र बेलायत बीचको ऐतिहासिक सम्बन्धलाई थप गहिरो बनाउँदै संसदीय कूटनीतिलाई संस्थागत र सशक्त बनाउने दिशामा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।नेपाल(बेलायत संसदीय मैत्री समूहले आगामी दिनमा दुबै देशका हितमा काम गर्ने रणनीति सहित योजनाबद्ध गतिविधिहरू सञ्चालन गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ५ : ४४ बजे