सरस्वती बुढा
सुर्खेत, भदौ २२
कर्णाली प्रदेश सरकारले गत वर्षदेखि सुरु गरेको कोरिडर कनेक्टिभिटी संरक्षण कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ। मानव वन्यजन्तु बीच हुने दण्ड घटाउने तथा तिनको आहा र व्यवस्था सुधार गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम प्रभावकारी ठहर भएको मन्त्रालयले जनाएको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका अनुसार यस कार्यक्रम अन्तर्गत घाटो र टुडु क्षेत्रका जनावरका लागि उद्धार केन्द्र स्थापना, मानव बस्ती वरिपरि तारबार निर्माण, प्रणाली उद्यान विकास, कर्मचारी क्षमता अभिवृद्धि तथा स्थानीय स्तरमा सचेता कार्यक्रम सञ्चालन हुने छन्। हाल बढ्दो वन्यजन्तु आक्रमणलाई नियन्त्रणमा लिन मन्त्रालयले विशेष पहल गर्ने जनाएको छ।
यसैगरी, वन्यजन्तुबाट हुने क्षतिको राहत विवरण निर्देशिका -२०८० लागू भएको छ। सो निर्देशन अनुसार १६ प्रजातिका जनावरबाट हुने क्षतिपूर्ति व्यवस्था गरिएको छ। बाली नष्ट भएका किसानलाई १० हजार रुपैयाँसम्म, गम्भीर घाइते भएका दुई लाख रूपैयाँसम्म र जीवनभर अशक्त हुने अवस्थामा पाँच लाख रूपैयाँसम्म राहत दिने व्यवस्था गरिएको छ।
प्रदेश सरकारले यस कार्यक्रम मार्फत वन्यजन्तु संरक्षण, कृषकको जीवनयापन सुरक्षित गर्ने तथा देशभित्र पर्यटन प्रबर्द्धन मा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ
प्रतिक्रिया