काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले तीन सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् । आइतबार मन्त्रिस्तरीय निर्णयमार्फत उनीहरूको कार्यक्षेत्र परिवर्तन गरिएको हो ।
निर्णयअनुसार सहसचिव महेश आचार्यलाई वित्तीय तालिम केन्द्रबाट सारेर वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख बनाइएको छ ।
साविकमा वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव सेवन्तक पोखरेललाई वित्तीय संघीयता महाशाखामा जिम्मेवारी दिइएको छ ।
उता, वित्तीय संघीयता महाशाखा प्रमुख रहेका सहसचिव महेश बराललाई वित्तीय तालिम केन्द्रमा सरुवा गरिएको छ ।
प्रतिक्रिया