३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रौतहटमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु



रौतहट, गौर–पिपरा सडकखण्डको राजदेवी नगरपालिका पथरामा आज दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई युवकको ज्यान गएको छ। मृतकहरू दुर्गाभगवती गाउँपालिका का अशोक महतो र राजदेवी नगरपालिका–२ का अरविन्द महतो हुन्।

प्रहरीका अनुसार तीव्र गतिमा यात्रा गरिरहेका दुवै मोटरसाइकल एकअर्कामा ठोक्किँदा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लगिँदै गर्दा ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी प्रवक्ता विष्णुप्रदीप बस्यालले घटना पुष्टि गरेका छन्।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  २ : ०४ बजे