काठमाडौँ । सोफा हब काठमाडौँ प्रालिले बाढीपहिरो प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ जम्मा गरेको हो । सोफा हबका सञ्चालक तारालाल धरेलले विपद्का कारण समस्यामा परेका नागरिकको राहतमा केही सहयोग पुगोस् भनेर कोषमा रकम उपलब्ध गराएको जानकारी दिए ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो क्षति भएको छ । बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि पछिल्लो समय विभिन्न व्यक्ति, व्यवसायी तथा संघसंस्थाले सहयोग प्रदान गरिरहेका छन् ।









प्रतिक्रिया