काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ।
दुईवटा बुलडोजर प्रयोग गरी सडक सम्याउने र सवारीसाधन सञ्चालनका लागि आवश्यक संरचना तयार गरेपछि अड्किएका ग्यास बुलेट तथा हेभी सवारीसाधनलाई आवतजावत गराइएको हो।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार भित्तातर्फ नाली निर्माणको काम बाँकी रहेकाले बिहीबारसम्म उक्त काम सकेर सडकलाई दुईतर्फी सञ्चालनमा ल्याइनेछ।
गत भदौ १० गते त्रिशूली नदीमा आएको बाढीले कृष्णभिरमा सडक कटान गरेपछि उक्त सडक अवरुद्ध भएको थियो। त्यसयता ठूला तथा साना सवारीसाधन वैकल्पिक मार्ग हुँदै काठमाडौं आवतजावत गर्दै आएका थिए।









प्रतिक्रिया