काठमाडौँ । सोफा हब काठमाडौँ प्रालिले बाढीपहिरो प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ जम्मा गरेको हो । सोफा हबका सञ्चालक तारालाल धरेलले विपद्का कारण समस्यामा परेका नागरिकको राहतमा केही सहयोग पुगोस् भनेर कोषमा रकम उपलब्ध गराएको जानकारी दिए ।…