८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा कार्कीको पक्षमा ५७ मत परेको हो।

मतदानमा २२ सांसदले भने उनको विपक्षमा मत दिएका छन्। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गरेका थिए। नेपाली कांग्रेसका सांसदहरूले विपक्षमा मत दिए।

कोशी प्रदेशसभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सांसद छन्। यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू मतदानमा तटस्थ बसेका थिए। राप्रपाका सभामुखसहित पाँच सदस्य छन्।

जनता समाजवादी पार्टीकी एक्ली सांसद निर्मला लिम्बु भने बैठकमा उपस्थित भइनन्।

कुल ९३ सदस्यीय कोशी प्रदेशसभामा एक सदस्यले राजीनामा दिएकाले हाल ९२ सदस्य कायम छन्। सोमबारको बैठकमा भने ८३ जना प्रदेशसभा सदस्य उपस्थित थिए।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ५ : २४ बजे