३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाएनन् विद्यार्थीले पुस्तक





अहिले सरकारी विद्यालयमा विद्यार्थीले पुस्तक पाएका छैनन्। यो हुनु भनेको विद्यार्थीका लागि अत्यन्तै दुःखद् कुरा हो। गाउँमा रहेका विद्यार्थीले पुस्तक नपाउँदै पठनपाठन सुरु गर्नु परेको छ। त्यसमा पनि दुर्गम जिल्लामा रहेका विद्यालयको अवस्था के होला ? यस्तो समस्या पनि दुर्गम क्षेत्रमा धेरै हुन्छ। सहरी क्षेत्रमा धेरै थोरै पुस्तक पाइएलान् । तर त्यसमा पर्ने पहाडी र दुर्गम क्षेत्रमा पुन्याउन पनि गाह्रो हुन्छ। यसकारण विद्यार्थीलाई भनै समस्या पर्छ। किताब नभए कसरी पढ्ने ? केमा पढ्ने ? सरकारी विद्यालयमा यस्ता धेरै कुराका समस्या छन् । सरकारले शिक्षाको नाममा छुट्ट्‌याएको बजेट कहाँ जान्छ? के गर्छन् त्यो थाहा भएन। सरकारी विद्यालयमा हरेक कुराको समस्या छ। हरेक कुरामा कमी, कमजोरी भेटिन्छन्।

पढाइको हिसाबले पनि कमजोर ने देखिन्छ। सरकारी “भन्दैमा मनलाग्दी नियम लागू गर्न मिल्दैन। त्यसमा अहिले विद्यार्थीलाई सरकारले पुस्तक ने पुन्याउन सकेको छैन। हालै सकिएको निर्वाचनमा धेरै खर्च भयो । सरकारले त्यो चुनावमा प्रचारप्रसार गर्न छुट्टयाएको बजेटले ती विद्यार्थीको पुस्तकका लागि छुट्ट‌याएको भए यो हाहाकार हुन्थेन होला ? रूस र युक्रेनको युद्धसँगै सारा नेपालीले हरेक कुरामा समस्या भोगिरहेका छन्। त्यसैले अब यस्तो समस्या नआओस् भनेर सरकारले विशेष. ध्यान दिनुपर्छ। यस विषयमा सरकारले विशेष पहल गर्नुपर्छ। र सरकारी विद्यालयमा पुस्तकालयको राम्रो व्यवस्थापन गरिनुपर्छ।





प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : ४० बजे