काठमाडौं । अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटेको छ ।
पेट्रोलियम पदार्थको मूल्य घटे लगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो ।
स्वचालित प्रणालीअनुसार यात्रुबाहक सवारीको भाडा ५ दशमलव ४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६ दशमलव ९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७ दशमलव ६८ प्रतिशतले घटेको छ ।
गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ घटेको थियो ।
कुन रुटमा कति ?
प्रतिक्रिया