काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ को चुनावी सरगर्मी निकै बढेको छ। यसपटकको प्रतिस्पर्धामा नेकपा एमालेका प्रभावशाली नेता डा. राजन भट्टराई एक सशक्त र अनुभवी उम्मेदवारका रूपमा अगाडि देखिएका छन्। विगतका अनुभव र क्षेत्रको विकासप्रतिको उनको स्पष्ट दृष्टिकोणले गर्दा यसपटक यस क्षेत्रमा भट्टराईको पक्षमा सकारात्मक माहोल बन्दै गएको छ। बौद्धिक व्यक्तित्व र…