काठमाडौं। गोंगबुमा श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका एक युवकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–२ भंगालका २८ वर्षीय सन्तोष सेन्चुरी रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी भारत भाग्ने क्रममा नियन्त्रणमा लिएको हो। ३० साउनको राति गोंगबु मित्रनगरस्थित भीममाया लिंखाले…