२७ असार २०८३, शनिबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुर्पक्षका लागि मनोज पाण्डे जेल चलान



काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले सौन्दर्य प्रतियोगिता आयोजना गरेर बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई पुर्पक्षका लागि जेल चलान गरि १ लाख रुपैया धरौटी माग गर्ने आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतले पाण्डेलाई मानव वेचविखनको मुद्दामा पुर्पक्षका लागि जेल चलान गर्ने र बाल बाल यौन दुर्व्यवहारको कसुरमा १ लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको हो ।

पाण्डेविरुद्धजिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मानव बेचबिखनको कसुरमा १५ वर्ष र बाल यौन दुर्व्यवहारको कसुरमा ३ वर्ष गरी १८ वर्ष कैद माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगिताका प्रतिस्पर्धीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोप लागेपछि पाण्डेलाई प्रहरीले जेठ ७ गते पक्राउ गरेको थियो । 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ५ : ५२ बजे