२२ जेष्ठ २०८२, बिहिबार | Fri Jun 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटनमन्त्री आलेले बुझाए राजीनामा पत्र



काठमाडौं। नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन ।

आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको  आले निकट स्रोतले बतायो । ‘राजीनामा पत्र अध्यक्षलाई बुझाइसकेका छौं,’ उक्त स्रोतले भन्यो, ‘अध्यक्षले प्रधानमन्त्रीसँग सल्लाह गरेर अगाडि बढाउनुहुन्छ।’

मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन् । आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरु सांसद समेत गरी १० जनाले मन्त्रिपरिषद हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

तर पछि हस्ताक्षर गर्नेहरुमध्ये पर्यटनमन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए ।

अनलाइन खबरबाट साभार

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १ : ४२ बजे