१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजेन्द्र लिङ्देनकाे राजसी चुनाव प्रचार



एमाले, काँग्रेस, माओवादीझैँ राप्रपाका नेताले पनि हेलिकप्टर भाडामा लिएर चुनाव प्रचार गरेका छन् । उनीहरुले आज छ वटा जिल्लामा आयोजित आभसभालाई सम्बोधन गर्न बिहानदेखि दिनभर हेलिकप्टर भाडामा लिएका हुन् ।

प्रभु हेलिकप्टरमा पार्टी अध्यक्ष राजेन्द्र लिंगदेन, वरिष्ठ नेता पशुपति समशेर जबरालगायत चार जना नेताहरु बिहान सवा १० बजे काठमाडौंबाट उडेर पहिले सिन्धुपाल्चोकको मेलम्ची पुगेका हुन् ।

त्यसपछि सिन्धुलीको दुधौली, उदयपुरको बेलटार, बाराको सिमरा, मकवानपुरको जुरेलीबजार र धरानको रंगशाला पुगेका हुन् । ती सबै ठाउँमा पुगेर एकाध मीनेट सम्बोधन गरेपछि उनीहरु आजै साँझ राजधानी फर्केका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ९ : २७ बजे