१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा सम्मानित



काठमाडौ। गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद सचिवालयद्वारा सम्मानित भएका छन्। ३१औं विश्व आदिवासी दिवसको मूल समारोहमा अध्यक्ष लामालाई आदिवासी जनजातिहरूको प्रथाजनित कानुन ‘श्याग्या’ र परम्परागत उपचार पद्धति ‘आम्ची’लाई नीतिगत रूपमा संरक्षण तथा प्रवर्द्धन गर्दै स्थायी तहमा कार्यान्वयन गराउन सफल भएको योगदानका लागि सम्मान प्रदान गरिएको हो।

समारोहको विशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अध्यक्ष लामालाई सम्मानपत्र हस्तान्तरण गरेका थिए। सम्मानपत्रमा “चुमनुब्री गाउँपालिकाको अध्यक्षको हैसियतले अहिंसा सम्बन्धी श्याग्या ऐन कार्यान्वयन गर्नुभएको तथा पहिचानको आन्दोलनमा निरन्तर योगदान पु¥याउनुभएको” उल्लेख गरिएको छ।

मूल समारोह समितिका अनुसार अध्यक्ष लामा नेपालका आदिवासी जनजातिहरूको पहिचानमूलक अधिकार र अस्तित्वको संरक्षणका लागि दीर्घकालीन रूपमा सक्रिय अभियन्ता रहँदै आएका छन्।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ६ : ५४ बजे