१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागढुंगा सुरुङमार्ग प्रवेश दस्तुर निर्धारण, कुन सवारीलाई कति ?



काठमाडौं
निर्माणको अन्तिम चरणमा पुगेको नागढुंगा सुरुङमार्गको प्रवेश दस्तुर मन्त्रिपरिषद्को बैठकले तोकेको छ।

निर्धारित दस्तुरअनुसार —

  • कार/भ्यान : काठमाडौं आउँदा ६५ रुपैयाँ, बाहिर जाँदा ६० रुपैयाँ
  • मिनिबस/साना ट्रक : काठमाडौं आउँदा ११५ रुपैयाँ, बाहिर जाँदा ८० रुपैयाँ
  • बस र ठूला ट्रक : काठमाडौं आउँदा २६० रुपैयाँ, बाहिर जाँदा २०० रुपैयाँ
  • भारी उपकरणसहितका सवारीसाधन : काठमाडौं आउँदा ६०० रुपैयाँ, बाहिर जाँदा २५० रुपैयाँ

सुरुङमार्गमा मोटरसाइकल चलाउन भने अनुमति नहुने जनाइएको छ।

२.६ किलोमिटर लम्बाइको यो सुरुङमार्गको कुल लागत २२ अर्ब रुपैयाँ रहेको छ। यसमध्ये १६ अर्ब जापान सरकारको सहुलियतपूर्ण ऋण र बाँकी ६ अर्ब नेपाल सरकारले लगानी गरेको हो।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ११ : ४२ बजे