१८ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्खेतमा युवा मानव अधिकार रक्षकहरूको दुई दिने प्रादेशिक सम्मेलन सुरु



सरस्वती बुढा सुर्खेत, भदौ १९ ‘मानव अधिकार तथा सामाजिक न्याय’ अभियानसहित कर्णाली प्रदेश स्तरीय युवा मानव अधिकार रक्षकहरूको दुई दिने सम्मेलन बिहिबार सुर्खेतमा सुरु भएको छ। सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले गरेका हुन्।

ग्रामीणमुखी युवा अभियान नेपाल (रोयम नेपाल) र युवा मानव अधिकार रक्षक सञ्जालको संयुक्त आयोजना, एइआईएनको सहयोग तथा राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेशको समन्वयमा सुरु भएको कार्यक्रममा विभिन्न जिल्लाबाट उल्लेखनीय सङ्ख्यामा युवा मानव अधिकार रक्षकहरूको सहभागिता रहेको छ।

उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले दिगो विकास लक्ष्य ( SDGS) हासिल गर्न मानव अधिकार रक्षकहरूको सक्रियता अपरिहार्य हुने बताउँदै राज्यका आँखाका रूपमा उनीहरूको भूमिकालाई महत्त्वपूर्ण दिने बताए। उनले भने,”मानव अधिकार रक्षकहरूको सक्रियता बिना समाजिक न्याय र दिगो विकास सम्भव छैन। सरकार उनीहरूको सुरक्षा, सशक्तिकरण र सहभागितालाई प्राथमिकतामा राख्दै अघि बढ्नेछ।

” विशिष्टि अतिथि प्रदेश मामिला समिति सभापति कल्याणी खड्काले मानवअधिकार संरक्षणमा युवाहरूको समूहीक आवाज शक्तिशाली बन्नुपर्ने उल्लेख गर्दै आत्मबलका साथ अघि बढ्न आग्रह गरिन्।

दुई दिने सम्मेलनमा दिगो विकास लक्ष्य कार्यान्वयनमा युवा मानव अधिकार रक्षकहरूको भूमिका, राज्यको दायित्व, शारीरिक अखण्डता, कल्याण, शान्ति र संस्थागत पक्षबारे कार्यशाला सञ्चालन गरिएको छ। कार्यकारी निर्देशक लुवाराज न्यौपानेका अनुसार, रोएम नेपालले आगामी दिनमा कर्णालीका १० जिल्लामा एक दिने कार्यशाला र दुई वर्षमा दुईपटक प्रादेशिक कार्यशाला सञ्चालन गर्ने योजना प्रस्तुत गरेको छ। हरेक कार्यशालामा २० देखि ३० जना युवा मानव अधिकार रक्षकको सहभागिता रहनेछ।

कार्यक्रममा माओवादी केन्द्र प्रमुख सचेतक तथा पूर्व कानुन मन्त्री कृष्णबहादुर जि.सी, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगी, प्रहरी वरिष्ठ उपरीक्षक केदार खनाल, राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश कार्यालय प्रमुख रेशम कुमार थापा, योजना आयोग कार्यालय प्रमुख गोपाल के.सी, मानव अधिकार रक्षक सञ्जाल प्रदेश संयोजक पिताम्बर ढकाल लगायतका अतिथि सहभागी थिए।

त्यसैगरी, प्रदेशका १० जिल्लाका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरूको समेत उल्लेखनीय उपस्थिति रहेको सम्मेलनको सञ्चालन रोएम नेपालका प्रदेश संयोजक सन्तोष वि.क ले गरेका थिए।

प्रकाशित मिति : १८ भाद्र २०८२, बिहिबार  ८ : ३७ बजे