२० भाद्र २०८२, शनिबार | Sat Sep 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा पहिलोपटक प्रदेशस्तरीय युवा मानव अधिकार रक्षक सम्मेलन सम्पन्न 



सरस्वती बुढा 

सुर्खेत, भदौ २० 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलोपटक आयोजित प्रदेश स्तरीय युवा मानव अधिकार रक्षकहरूको दुई दिने सम्मेलन सम्पन्न भएको छ। 

‘मानव अधिकार तथा सामाजिक न्याय’ अभियानलाई मुख्य उद्देश्य बनाई ग्रामीणमुखी युवा अभियान (रोयम) नेपाल र युवा मानव अधिकार रक्षक सञ्जालको संयुक्त आयोजनामा भएको यस सम्मेलनमा एआईएन (AIN) को सहयोग तथा राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेशको संयोजन रहेको थियो। 

दुई दिनसम्म चलेको सम्मेलनमा कर्णालीका विभिन्न जिल्लाबाट आएका युवा मानव अधिकार रक्षकहरूको उल्लेख्य सहभागिता रह्यो। कार्यक्रममा सहभागीहरूले मानव अधिकार संरक्षणका वर्तमान चुनौती, अवसर, प्रदेश स्तरीय युवाहरूको भूमिका, सामाजिक न्याय सुनिश्चित गर्नुपर्ने अवस्था र आगामी दिनमा गर्नुपर्ने कदमबारे विस्तृत छलफल गरेका थिए।

समापन सत्रमा वक्ताहरूले कर्णाली प्रदेश जस्तै भौगोलिक कठिनाइ भएको क्षेत्रमा मानव अधिकार र सामाजिक न्यायको वकालत गर्न युवाहरूको सक्रियता अत्यावश्यक रहेकोमा जोड दिएका थिए। साथै सम्मेलनले प्रदेशभर मानवअधिकार रक्षा युवाहरूको आपसी समन्वय, अनुभव आदानप्रदान र साझा नेटवर्क निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक संस्थाले जनाएको छ। 

युवा मानव अधिकार रक्षक सञ्जालका संयोजक सन्तोष वि.क ले सम्मेलन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिदैं आगामि दिनमा पनि यस्तै ‌ कार्यक्रम मार्फत युवालाई अधिकार र कर्तव्यप्रति सचेत बनाउन निरन्तर प्रयास गरिने बताए।

प्रकाशित मिति : २० भाद्र २०८२, शनिबार  १० : २२ बजे