२९ पुस २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा करेन्ट लागेर युवा पत्रकार अर्जुन महताराको निधन



सरस्वती बुढा, सुर्खेत

जुम्ला जिल्लाको पातारासी गाउँपालिका–५ लासी बजारमा आइतबार राति करेन्ट लागेर एक युवाको ज्यान गएको छ। निधन हुनेमा लासीस्थित एआर होटलका सञ्चालक, पत्रकार तथा समाजसेवी अर्जुन महतारा रहेका छन्।

जुम्ला जिल्ला प्रहरी कार्यालयका डीएसपी का अनुसार करिब राति १०:३० बजे आफ्नै होटल परिसरमा सीसीटिभी क्यामेरा जडान गर्ने क्रममा अचानक करेन्ट लागेर महतारा गम्भीर घाइते भएका थिए।

घटनापछि उनलाई तत्काल उनका नातेदार तथा स्थानीय गणेश बुढालगायतका साथीहरूले उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पुर्‍याएका थिए। तर उपचारको क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

३१ वर्षीय महतारा पत्रकारितासँगै होटल व्यवसायमा समेत सक्रिय थिए। उनले लामो समयदेखि सामाजिक सेवामा समेत योगदान दिइरहेका थिए। उनका सहयोगी र नजिकका साथीहरूले अर्जुनको मृत्युले जुम्ला समुदायलाई ठूलो क्षति पुर्‍याएको बताएका छन्।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ९ : ५७ बजे