१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शनिबार–आइतबारभित्र सुकुम्बासी बस्ती खाली गराउन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । बालेन शाहले काठमाडौंका खोला–नदी किनारमा रहेका सुकुम्बासी बस्ती शनिबार वा आइतबारभित्र खाली गराउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार उनले नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल लगायत सुरक्षा निकायका उच्च अधिकारीलाई बोलाएर यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीको निर्देशनअनुसार सुकुम्बासी बस्ती खाली गराएर प्रभावित परिवारलाई अस्थायी रूपमा लजमा राख्ने तयारी गरिएको छ। त्यसका लागि खर्च काठमाडौं महानगरपालिका ले व्यहोर्ने बताइएको छ।

स्रोतका अनुसार शनिबार एकैदिनमा सम्भव नभए आइतबारसम्म बस्ती खाली गराउने लक्ष्य राखिएको छ। प्रहरीले आवश्यक तयारी थालेको र महानगरसँग समन्वय भइरहेको जनाइएको छ।

यता महानगरकी कार्यवाहक मेयर सुनीता डंगोल ले सुकुम्बासी समस्या समाधान आवश्यक भए पनि प्रक्रिया र मानविय पक्षलाई ध्यान दिनुपर्ने बताएकी छन्।

सरकारले भने पहिले बस्ती खाली गराएर पछि अभिलेख संकलन र प्रमाणीकरण गर्ने योजना बनाएको जनाइएको छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ११ : २३ बजे