काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका बाढीपीडितलाई काठमाडौं फोटोग्राफर संघले राहत सामग्री वितरण गरेको छ ।
संघले उत्तरगया गाउँपालिका–१, २ र ३ का २ सयभन्दा बढी बाढीपीडितलाई खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेको हो ।
राहत सामग्री ढुवानीमा नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले सहयोग गरेको थियो भने राहत वितरणमा सम्बन्धित स्थानीय वडा कार्यालयहरूले सहजीकरण गरेका थिए ।
विपद्को समयमा प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको संघले जनाएको छ । संघले अभियानमा आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने सम्पूर्ण दाता तथा सहयात्रीप्रति कृतज्ञता व्यक्त गरेको छ ।
राहत अभियानमा थ्री सिक्सटी बिजनेस ग्रुपसहित आनन्द प्रभाकर घिमिरे, केशव राज भट्टराई, हरि ज्ञवाली, धर्मराज केसी, कालिका प्रसाद रिमाल, लक्ष्मण अधिकारी, नारायण रिमाल, भोला काफ्ले, भवदेव थापा, भुवनेश्वर भट्टराई, हरि प्रसाद घिमिरे, रेन्जु मगर, वासुदेव घिमिरे, सुजन तिमिल्सिना, वासु थापा, ठाकुर प्रसाद अधिकारी, रेशम अधिकारी, श्यामबहादुर श्रेष्ठ, नवराज घिमिरे, नवराज धामी, राजभाई सुवाल, मञ्जु कुमार श्रेष्ठ, भोजराज घिमिरे, मोतीबहादुर बोगटी, ललिता खड्का, दलमणि महतो, बालकृष्ण श्रेष्ठ, रेशम राज पण्डित (कमल), दिगम्बर राजबंसी, रविमुनि बज्राचार्य, रामचन्द्र भट्ट, झक्कु रोका, सुरज कोइराला, कृष्ण पराजुली, चन्द्रबहादुर गिरी, जीवन काफ्ले, चन्द्रलाल राई, सुरेश श्रेष्ठ, मनोज श्रेष्ठ र नन्द सायम श्रेष्ठले सहयोग गरेका थिए ।
संघले राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण दातालाई धन्यवाद व्यक्त गरेको छ ।









प्रतिक्रिया