९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पश्चिमतर्फ सर्दै न्यूनचापीय प्रणाली, ३८ जिल्लामा बाढीको उच्च जोखिम



काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा वर्षा भइरहेको छ । वर्षाका कारण नदी तथा खोलामा बहाव बढ्नुका साथै केही स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ ।

मौसमविद्का अनुसार प्रणाली पूर्वबाट पश्चिमतर्फ सर्दै गएकाले आज रातिदेखि पश्चिमी क्षेत्रमा वर्षा थप बढ्ने सम्भावना छ ।

बाढी पूर्वानुमान महाशाखाले असोज ९ र १० गते गरी ३८ जिल्लाका नदी तथा खोलामा बाढीको उच्च जोखिम रहेको जनाएको छ । विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्ला जोखिममा छन् ।

महाशाखाले आइतबारदेखि सातै प्रदेशका साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । सप्तकोशी नदीमा समेत पानीको बहाव बढिरहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ३ : ४६ बजे