धादिङ । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरसहित ७ ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
कृष्णभीरमा पुरानो सडकको सुरक्षाका लागि बनाइएको ग्याबिन वाल भासिएर पहिरो खसेको प्रहरीले जनाएको छ । नयाँ ट्र्याकमा भने अहिलेसम्म असर नपरे पनि त्रिशूली नदीले तलबाट कटान गरिरहेकाले जोखिम कायमै छ ।
बेनीघाट–१० को तेराङखोला र ज्यामिरेघाटसहित जुवाखोला, परेवाभीर, कमेरेभीर र जहरे क्षेत्रमा पनि पहिरो खसेको छ । केही स्थानमा जेसीबी प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ ।
लगातार वर्षाका कारण थप पहिरोको जोखिम रहेकाले प्रशासनले अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग बन्द गरेको छ।









प्रतिक्रिया