काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेताको शपथ लिएकी छन्। उनले बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष शपथ लिएकी हुन्। एमालेका अनुसार भण्डारीले आज बसेको स्थायी कमिटी बैठकमा शपथ लिएकी हुन्। पार्टीको सचिवालय बैठकले गत असोज ८ गते उनलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो। हालै बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई…