२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीका अधिकांश क्षेत्रमा वर्षा, हुम्लामा हिमपात



सुर्खेत। कर्णाली प्रदेशका अधिकांश भू–भागमा पछिल्लो २४ घण्टादेखि वर्षा भइरहेको छ। हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, रुकुम पश्चिमलगायतका जिल्लामा अहिले पनि वर्षा भइरहेकाले प्रदेशका सबै जिल्लामा आजका लागि मौसमसम्बन्धी चेतावनी जारी गरिएको छ।

उच्च हिमाली जिल्ला हुम्लामा भने वर्षासँगै हिमपातसमेत भएको छ। हिमपात र वर्षाका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा चिसो बढ्नुका साथै जनजीवनमा समेत प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रदेशका अधिकांश क्षेत्रमा वर्षा भइरहेकाले मौसमको अवस्था र पूर्वानुमानसम्बन्धी अद्यावधिक सूचना लिएर मात्रै दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरिएको छ। वर्षासँगै पहाडी तथा भिरालो क्षेत्रमा पहिरो जाने, सडक अवरुद्ध हुने तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन भनिएको छ।

भोलि र पर्सिसमेत कर्णालीका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रमा थप सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी पहिरोको जोखिम भएका बस्ती, सडक तथा नदी–खोला आसपासका क्षेत्रमा उच्च सावधानी अपनाउनुपर्ने देखिएको छ।

वर्षाका कारण यातायात प्रभावित हुनसक्ने भएकाले लामो दूरीको यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्था बुझ्न आग्रह गरिएको छ। जोखिमयुक्त सडकखण्डमा अनावश्यक यात्रा नगर्न र नदी तथा खोलामा पानीको बहाव बढेको अवस्थामा तर्न नखोज्नसमेत सम्बन्धित निकायले अनुरोध गरेको छ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १ : ४३ बजे