काठमाडौं । इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्का पक्राउ परेकी छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एआईजी उमा चतुर्वेदीका अनुसार खड्कालाई पक्राउ गरिएको हो।
कांग्रेसको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार रहेकी खड्काको मतदान भइसकेको छ भने नतिजा आउन बाँकी छ।
यस प्रकरणमा सीआईबीले यसअघि ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ, कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी बालिका शिवाकोटीलाई पनि पक्राउ गरेको थियो।









प्रतिक्रिया