१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुण्डु निवासमा कार्यकर्तासँग ओलीको सामूहिक भेटघाट



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुस्थित निवासमा कार्यकर्तासँग पहिलो पटक सामूहिक भेटघाट गरेका छन्।

मंगलबार ओलीले पाेलिटब्युरो सदस्य महेश बस्नेतसहित युवा संघका पूर्व र वर्तमान पदाधिकारीलाई गुण्डु डेरामा बोलाएर भेट गरेका हुन्। भदौ २३ पछि ठूलो संख्यामा कार्यकर्तालाई बोलाएर गरिएको यो पहिलो भेटघाट हो।

भदौ २४ गतेदेखि सैनिक सुरक्षामा रहेका ओली गत सातादेखि गुण्डुमा सरेका हुन्। सरेको भोलिपल्टदेखि उनले पार्टीका नेताहरूसँग व्यक्तिगत भेटवार्ता थालेका थिए। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत पदाधिकारीहरूसँग उनी निरन्तर भेटिरहेका छन्।

बालकोटस्थित निवासमा भएको आगजनीपछि ओली गुण्डुमा बसाइँ सरेका हुन्। बालकोटमा उनको एउटै कम्पाउण्डमा दुईवटा घर रहेकोमा प्रदर्शनकारीले आगजनी गरेका थिए।

गुण्डु पुगेपछि ओलीले नेतादेखि कार्यकर्तासम्म भेटघाट बढाएका छन्। मंगलबार बाहिरिएको भिडियोमा पनि उनी कार्यकर्तासँग भेटघाट गर्दै, फोटो खिचाउँदै गरेको देखिन्छ। तर भिडिओमा कार्यकर्तासँग लामो संवाद गरेको भने देखिँदैन।

जेन–जी आन्दोलन चर्किएपछि ओलीले २४ भदौमा प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसलगत्तै सेनाले उनलाई हेलिकोप्टरमार्फत् शिवपुरी पुर्‍याएको थियो।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  १ : ४६ बजे