२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोटेकोशी बाढीले अर्थतन्त्रमा दबाब, आर्थिक वृद्धि ४ प्रतिशतभित्र सीमित हुने अनुमान



काठमाडौं । भोटेकोशी बाढीका कारण चालु आर्थिक वर्ष २०८३/८४ मा सरकारी खर्च बढ्ने र राजस्व संकलनमा दबाब पर्ने अर्थ मन्त्रालयले प्रक्षेपण गरेको छ ।

मन्त्रालयका अनुसार बाढीपछि राहत तथा पुनर्निर्माणको दायित्व बढ्नु, रसुवा–तातोपानी नाका बन्द हुनु र कर छुटका कारण सरकारी स्रोतमा चाप पर्नेछ ।

बाढीले ४३१ मेगावाट विद्युत् उत्पादनमा असर पारेको छ । पुनर्निर्माणका लागि करिब ७ खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान छ ।

सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखे पनि मन्त्रालयले ३.५ देखि ४ प्रतिशत मात्र वृद्धि हुने अनुमान गरेको छ । विश्व बैंक र एसियाली विकास बैंकले पनि नेपालको आर्थिक वृद्धि ४ प्रतिशत हाराहारी रहने प्रक्षेपण गरेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ६ : ०१ बजे