२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी प्रभावितलाई सहयोग गर्न र नदी किनारमा सतर्क रहन प्रचण्डको आग्रह



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी बाढी प्रभावितको उद्धार, राहत तथा सुरक्षामा जुट्न सबैमा आग्रह गरेका छन् ।

गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले घर, पुल तथा बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । कालो लेदोसहित आएको बाढीले चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा भौतिक क्षति पुर्‍याएको छ ।

बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्न आग्रह गर्दै प्रचण्डले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

‘प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैमा हार्दिक आग्रह गर्दछु । साथै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।

उनले विपद्को यस घडीमा प्रभावित नागरिकको सहयोगमा एकजुट हुनसमेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  १२ : ३० बजे