२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैंकको कर्जा प्रवाहमा सुधार, निजी क्षेत्रमा ९३ अर्बभन्दा बढी लगानी



काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्फको कर्जा लगानी बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशत अर्थात् ९३ अर्ब ५२ करोड रुपैयाँले बढेको हो ।

गत भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्फको कुल कर्जा लगानी ५९ खर्ब ५० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ०.९ प्रतिशत अर्थात् ४९ अर्ब २४ करोड रुपैयाँले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०८३ भदौ मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा प्रवाह ७.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.५ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी क्षेत्रको हिस्सा क्रमशः ६२.८ प्रतिशत र ३७.२ प्रतिशत थियो ।

बैंकको प्रकारअनुसार हेर्दा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा १.७ प्रतिशतले बढेको छ । यस्तै, विकास बैंकहरूको कर्जा ०.६ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा १.४ प्रतिशतले वृद्धि भएको छ ।

घरजग्गा धितोमा ६२.८ प्रतिशत कर्जा

बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जामध्ये घरजग्गा धितोमा प्रवाहित कर्जाको हिस्सा ६२.८ प्रतिशत रहेको छ । चालु सम्पत्तिको सुरक्षणमा प्रवाहित कर्जाको हिस्सा भने १५.६ प्रतिशत छ । गत आर्थिक वर्षको भदौ मसान्तमा यी शीर्षकको हिस्सा क्रमशः ६४.३ प्रतिशत र १५.१ प्रतिशत थियो ।

क्षेत्रगत रूपमा खनिज क्षेत्रमा प्रवाहित कर्जा सबैभन्दा धेरै १०.४ प्रतिशतले बढेको छ । यातायातका उपकरण उत्पादन तथा मर्मत क्षेत्रमा ७.६ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन र मर्मत क्षेत्रमा ७.३ प्रतिशत तथा निर्माण क्षेत्रमा ३.७ प्रतिशतले कर्जा बढेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी सेवा उद्योगमा २.७ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा २.५ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा २.१ प्रतिशत, औद्योगिक उत्पादनमा १.९ प्रतिशत र उपभोग्य क्षेत्रमा ०.२ प्रतिशतले कर्जा प्रवाह बढेको छ ।

तर वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा प्रवाहित कर्जा ४.७ प्रतिशत र कृषि क्षेत्रमा २.२ प्रतिशतले घटेको छ ।

ट्रस्ट रिसिट कर्जा बढ्दा क्यास क्रेडिट घट्यो

कर्जाको प्रकृतिअनुसार ट्रस्ट रिसिट कर्जा ९.४ प्रतिशतले बढेको छ । विपन्न वर्ग कर्जा ४.७ प्रतिशत, आवधिक कर्जा १.६ प्रतिशत, रियल इस्टेट कर्जा र माग तथा अन्य चालु पुँजी कर्जा १.४–१.४ प्रतिशत तथा मार्जिन प्रकृतिको कर्जा ०.८ प्रतिशतले बढेको छ ।

यस अवध

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहिबार  ५ : ०३ बजे