काठमाडौं । लगातारको वर्षापछि त्रिशूली नदीमा पानीको बहाव बढ्दा मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा सडक भासिएको छ ।
आइतबार बिहान पौने ९ बजेतिर त्रिशूली नदीले सडकको तल्लो भाग कटान गर्दा सडकको करिब आधा भाग भासिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
सडकको आधा भाग भासिएपछि उक्त सडकखण्डमा यातायात एकतर्फी सञ्चालन भइरहेको छ । सडक डिभिजन भरतपुरका अनुसार सडकको अवस्था थप बिग्रिन नदिन आवश्यक व्यवस्थापनको काम भइरहेको छ ।









प्रतिक्रिया