२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्खेतका तीन स्थानबाट १८ नाल भरुवा बन्दुक बरामद



सुर्खेत । सुर्खेतका विभिन्न स्थानमा रहेका जंगलबाट प्रहरीले १८ नाल भरुवा बन्दुक बरामद गरेको छ। जिल्लाका चौकुने गाउँपालिका र बराहताल गाउँपालिकाका तीन छुट्टाछुट्टै स्थानबाट लुकाइछिपाइ राखिएका बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमान्डमा खटिएको टोलीले चौकुने गाउँपालिका–७ स्थित सान्नेघारीको जंगलबाट पाँच नाल भरुवा बन्दुक बरामद गरेको हो।

त्यस्तै, अस्थायी प्रहरी चौकी लगामसमेतबाट खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका–१ स्थित धामिसेनको जंगलबाट १२ नाल भरुवा बन्दुक फेला पारेको छ।

यसैगरी, प्रहरी चौकी रानीघाटबाट खटिएको टोलीले बराहताल गाउँपालिका–१ स्थित ज्यामिरेको जंगलबाट एक नाल भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीले विशेष सूचनाका आधारमा विभिन्न स्थानमा खोजतलास गर्दा जंगलमा लुकाइछिपाइ राखिएका बन्दुक फेला पारेको हो।

बरामद भएका बन्दुक कसले र कुन प्रयोजनका लागि जंगलमा लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ११ : ०७ बजे