२४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रपति पौडेलको अन्तर्राष्ट्रिय अपिल



राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललगायत जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालजस्ता मुलुकमा गम्भीर जोखिम बढिरहेको बताएका हुन् । पछिल्लो विपत्तिले नेपालको हिमाली पर्यावरण अत्यन्तै संवेदनशील अवस्थामा रहेको देखाएको उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण जोखिममा परेका राष्ट्रहरूको आवाज सुन्न मात्रै नभई उनीहरूका लागि ठोस र प्रभावकारी कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

उनले भने, “यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था दर्शाउँछ, अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत गराएको छ ।”

राष्ट्रपति पौडेलले नेपालले विगतमा भूकम्प, बाढी, पहिरो, महामारीलगायत विभिन्न प्राकृतिक तथा मानवीय विपत्तिको सामना गर्दै आएको स्मरण गरे । हरेक विपत्तिमा नेपाली जनताले साहस, धैर्य, संयम र दृढताका साथ परिस्थितिको सामना गर्दै आएको उनले बताए ।

उनले पछिल्लो विपत्तिबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै विपद् व्यवस्थापन तथा पुनःस्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  २ : २१ बजे