९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभापति देउवा माथिको आक्रमण अमानवीय र खेदजनक : पूर्वमुख्यमन्त्री लामा



नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले पार्टी सभापति शेरबहादुर देउवा माथि भएको भौतिक आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै घोर भत्सर्ना गरेका छन्।

संविधान दिवसको अवसरमा नुवाकोटस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अनुगमन र अगुवा कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो अमानवीय कार्य राजनीतिक संस्कार र लोकतान्त्रिक मूल्यको अपमान भएको टिप्पणी गरे।

लामाले जेन-जी आन्दोलनको नाममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामाथि भइरहेका योजनाबद्ध आक्रमण, आगजनी र तोडफोडलाई दुःखद र निन्दनीय भन्दै यस्ता हिंसात्मक क्रियाकलापमा संलग्न जो-कोहीलाई कानूनी कठघरामा उभ्याउनुपर्ने माग गरे। उनले भने, “टेक्नोलोजी र कुकुर कहिल्यै झुटो बोल्दैनन्, जो कोही गलत गर्छ, ऊ कानुनी प्रक्रियाबाट बच्न सक्दैन”

फरक प्रसङ्गमा उनले पार्टीको विधानअनुसार अहिले महाधिवेशन गर्ने अवस्था नरहेको प्रष्ट पारे। परिस्थितिअनुसार आवश्यक परे विशेष महाधिवेशनमार्फत नेतृत्व चयनको टुंगो लगाउनुपर्ने उनको धारणा थियो।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ३ : ४३ बजे