९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज गाई पूजा : गौमाताको आराधना गर्दै तिहारको पाँचौं दिन मनाइँदै



काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौं दिन आज गाई पूजा गरी तिहारको पावन पर्व श्रद्धा र भक्ति सहित मनाइँदैछ।

गाईलाई वैदिक सनातन परम्परामा पवित्र जीवका रूपमा मानिन्छ। गाईले दिने दूध आमाको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई ‘गौमाता’ भनी सम्मान गरिन्छ। धर्मशास्त्रका अनुसार गाईमा सूर्य र चन्द्रमाको ऊर्जा रहन्छ, जसले मानिसमा शक्ति र शुद्धता प्रदान गर्छ।

आजका दिन गाईलाई पूजाआजा गरी मीठा परिकार खान दिइन्छ। धार्मिक विश्वासअनुसार यसो गर्दा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुन्छ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार नेपालका केही भागमा औँसीकै दिन गाई पूजा गर्ने चलन रहे पनि शास्त्रअनुसार औँसीको अन्त्य र प्रतिपदाको प्रारम्भमा पूजा गर्नुपर्ने मान्यता छ।

वैदिक सनातन धर्ममा प्रत्येक शुभ कर्ममा गाईदानको उल्लेख छ। गाई नभएमा पैसा राखी ‘गाईको अभावमा’ भनी सङ्कल्प पढ्ने चलन पनि रहेको छ।

गाईलाई राष्ट्रिय जनावरका रूपमा सम्मान गरिएको छ। साथै, धार्मिक विश्वासअनुसार साउन शुक्ल पूर्णिमामा बाँधिएको रक्षाबन्धन आजको दिन गाईको पुच्छरमा बाँधिदिए मृत्युपश्चात् गाईले स्वर्ग पुग्न वैतरणी नदी तारिदिने जनविश्वास रहेको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ८ : ५१ बजे