२४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्की–२ मा ‘वैज्ञानिक राजनीति’ : स्वतन्त्र उम्मेदवार डा. निरञ्जन किन चर्चामा ?



कास्की । कास्की क्षेत्र नम्बर–२ मा यसपटक स्वतन्त्र उम्मेदवारका रूपमा वैज्ञानिक डा. निरञ्जन कोइराला चर्चामा छन्। मसी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका उनले परम्परागत भाषण र नाराभन्दा तथ्य, अनुसन्धान र समाधानमा आधारित राजनीति गर्ने एजेन्डा अघि सारेका छन्।

दक्षिण कोरियाबाट बायोकेमिस्ट्रीमा पीएचडी गरेका डा. कोइरालाले मेक्सिको र मकाउ विश्वविद्यालयमा पोस्ट–डक्टोरल अनुसन्धान गरेका छन्। उनका करिब १०० अनुसन्धान लेख प्रकाशित छन् भने हजारौँ उद्धरण र पेटेन्टसमेत प्राप्त छन्। उनी गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानसँग आवद्ध रहँदै वैज्ञानिक अनुसन्धानमा सक्रिय थिए।

नीति निर्माणमा वैज्ञानिक सोच आवश्यक रहेको भन्दै राजनीतिमा होमिएको उनको भनाइ छ। परम्परागत राजनीतिबाट विकल्प खोजिरहेका मतदातामाझ उनी ‘नारा होइन, समाधान’ बोकेको उम्मेदवारका रूपमा प्रस्तुत भएका छन्।

डा. कोइराला नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका रिसर्च फेलो, क्रसरेफ (Crossref) का लागि नेपालका राजदूत, इन्टरनेशनल एसोसिएसन अफ डाइटेटिक न्यूट्रिशन एन्ड सेफ्टी (IADNS) का लागि नेपालका पर्यवेक्षक तथा फाइटोकेमिकल सोसाइटी अफ एशिया, इन्टरनेशनल केमिकल बायोलोजी सोसाइटी र बायोटेक्नोलोजी सोसाइटी नेपालका सदस्यसमेत हुन्। उनी विभिन्न जर्नलहरूको सम्पादकीय बोर्ड सदस्य तथा समीक्षकका रूपमा पनि सक्रिय छन्।

विद्यालय तहदेखि पोखरामा अध्ययन गरेका, विदेशमा ज्ञान र अनुभव आर्जन गरेर स्वदेश फर्किएका डा. कोइराला आफूलाई ‘नारा होइन, समाधान’ बोकेको उम्मेदवारका रूपमा प्रस्तुत गर्छन्। मसी चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका उनी कास्की–२ मा पुरानै राजनीतिको विकल्प खोजिरहेका मतदाताका लागि फरक सम्भावनाका रूपमा देखिएका छन्।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  १२ : २९ बजे