१४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुगुमा प्रेस युनियनको सय दिने सदस्यता अभियान सुरु



राज्यश्वोर मल्ल
मुगु, साउन २८ गते ।

नेपाल प्रेस युनियन मुगुले नयाँ सदस्य थप र पुराना सदस्यलाई सक्रिय बनाउन सय दिने सदस्यता अभियान सुरु गरेको छ।

अभियानको शुभारम्भ प्रेस युनियनका केन्द्रीय सदस्य विनोदकुमार मल्लले मुगुका पत्रकार सबीना भाम रावल र सर्जन शाहीलाई नयाँ सदस्यता प्रदान गरेर गरेका हुन्।

कार्यक्रममा मल्लले तीनै तहका सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रवृत्ति देखाएको उल्लेख गर्दै त्यस्ता प्रयासको प्रेस युनियनले विरोध गर्ने बताए। “प्रेस स्वतन्त्रतामा कसैले अतिक्रमण गर्न खोज्यो भने हामी प्रतिवादमा उत्रनेछौं,” उनले भने।

युनियन मुगुका अध्यक्ष नन्द रोकायाले अभियानलाई जिल्लामा प्रभावकारी र व्यवस्थित ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ११ : २७ बजे