काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन पर्यटकको संख्या ६४४ पुगेको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न देशका पर्यटक सम्पर्कविहीन भएका हुन् ।
बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक १७८ जना सम्पर्कविहीन छन् । त्यस्तै, नेपाली १२७, अमेरिकी ६५, युक्रेनी ५३, मलेसियाली ५१, अस्ट्रेलियाली ३५, बेलायती ३३ र क्यानडेली २५ जना सम्पर्कविहीन रहेको तथ्यांक छ ।
यस्तै, सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ तथा लात्भिया र दक्षिण अफ्रिकाका ६/६ जना पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ ।
पर्यटन बोर्डले ट्राभल एजेन्सी तथा सम्बन्धित कम्पनीबाट संकलन गरिएको विवरणका आधारमा उक्त तथ्यांक सार्वजनिक गरेको हो । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीन पर्यटकको संख्या थपघट हुन सक्ने जनाइएको छ ।









प्रतिक्रिया