२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वर्षाका कारण कांग्रेस महाधिवेशनको कार्यक्रम प्रभावित



काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनका कार्यक्रम वर्षाका कारण प्रभावित भएका छन् ।

पदाधिकारीलगायत विभिन्न पदका उम्मेदवारको दाबी–विरोध प्रक्रिया चलिरहेका बेला वर्षा भएपछि निर्वाचनस्थल र बन्दसत्रस्थलमा रहेका प्रतिनिधि तथा समर्थकहरू तितरबितर भएका छन् ।

निर्वाचन समितिले बुधबार बिहान प्रारम्भिक नामावली सार्वजनिक गरेपछि केही समयमै उम्मेदवारीमाथि दाबी–विरोध प्रक्रिया सुरु भएको थियो । तर, वर्षाका कारण महाधिवेशनका केही कार्यक्रम प्रभावित भएका हुन् ।

आज बन्दसत्रबाट विभिन्न प्रतिवेदन पारित गर्ने कार्यतालिका रहेको छ । त्यसैगरी निर्वाचन प्रक्रिया अघि बढाउने र बिहीबार हुने मतदानको तयारी गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

कांग्रेसको १५औं महाधिवेशनबाट सभापति एक, वरिष्ठ उपसभापति एकसहित चार उपसभापति, महामन्त्री तीन, सहमहामन्त्री १५ र कोषाध्यक्ष एक गरी २४ जना पदाधिकारी रहने व्यवस्था छ । त्यसमध्ये चार सहमहामन्त्री र कोषाध्यक्ष गरी पाँच जना सभापतिबाट मनोनीत हुने भएकाले १९ पदमा निर्वाचन हुनेछ ।

निर्वाचन समितिका अनुसार १९ पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ । सभापति पदमा वर्तमान सभापति गगन थापा, पूर्व सहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन् ।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ । त्यस्तै, महिला उपसभापति पदमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ । शर्मा र भुसाल दुवै हाल उपसभापति पदमा छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १२ : ०० बजे