२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यादेवी भण्डारीले लिइन् एमाले वरिष्ठ नेताको शपथ



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेताको शपथ लिएकी छन्। उनले बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष शपथ लिएकी हुन्।

एमालेका अनुसार भण्डारीले आज बसेको स्थायी कमिटी बैठकमा शपथ लिएकी हुन्। पार्टीको सचिवालय बैठकले गत असोज ८ गते उनलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो।

हालै बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो। वरिष्ठ नेताको जिम्मेवारी पाएपछि उनी पहिलोपटक पार्टीको बैठकमा सहभागी भएकी हुन्।

राष्ट्रपति बन्नुअघि भण्डारी नेकपा एमालेकी उपाध्यक्ष थिइन्। राष्ट्रपति पदबाट बाहिरिएपछि उनी पुनः पार्टी राजनीतिमा सक्रिय भएकी हुन्।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  २ : ३७ बजे