२९ पुस २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोत्तम सिमेन्टको आइपिओ खुल्यो, कति दिने आवेदन ?



बुक बिल्डिङ प्रक्रियामार्फत् सर्वोत्तम सिमेन्टले आज (आइतबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

लगानीकर्ताले उक्त आइपिओमा प्रतिकित्ता ३६० रूपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ।सो आइपिओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कमपनीको आइपिओमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि फागुन २७ गतेसम्म लम्बिनेछ।

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै सिडिएस एण्ड क्लिरिङद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रणलीमार्फत् गरी आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ११ : ५४ बजे