१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तराज आचार्यलाई अन्तिम श्रद्धाञ्जली दिइँदै, पार्थिव शरीर सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने



काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिने भएको छ । स्वर्गीय आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजेदेखि परिसरमा राखेर आजै दिउँसो दाहसंस्कारका लागि ११ बजे पशुपति लैजाने तयारी छ ।

पिता बलभद्र र मात रेनुकाको कोखबाट जन्मिएका भजन शिरोमणीको रुपमा प्रसिद्ध ८२ वर्षीय संगीतकार आचार्यको सोमबा निधन भएको थियो ।
१६ वर्ष मात्रै साङ्गीतिक जीवनमा सक्रिय रहेका आचार्यले झण्डै साढे चार सय गीत रेकर्ड गराएका छन् ।

आचार्यको स्वरमा गुन्जिएका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको माया, हजार आँखा हेर्ने, कोही नगरोस् प्रेमलगायतका गीत चर्चित छन् । त्यसैगरी लोकप्रिय भजनहरुमा एक दिन मैले प्रभूसँग, राम यहीँ छन्, भगवान जीवन नाउ, दुर्गे देउ भक्ति मलाई, तन मन वचनले जस्ता छन् । भजनशिरोमणिको उपाधि पाएका आचार्य सन् १९७३ देखि ८६ सम्म संगीत साधनामा सक्रिय थिए। भक्तराज सूर सम्राट मानिन्छन् ।
आचार्यले भजनदेखि आधुनिक गीत, गजल बालगीतलगायतमा स्वर र संगीत दिएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ९ : २९ बजे