१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खत्याड गाउँपालिकाकोे बजेट ६४ करोड ८८ लाख : पर्यटन र पूर्वाधार क्षेत्रलाई पहिलो प्राथामिकता



मुगुको खत्याड गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२(०८३ का लागि ६४ करोड ८८ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष सरिता रोकायले नती तथा कार्यक्रम प्रस्तुत गरेकी हुन ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र भौतिक पूर्वाधार क्षेत्रको विकासलाई पहिलो प्राथामिकतामा राखेर बजेट ल्याएको गाउँपालिका अध्यक्ष अज बहादुर शाहीले बताए ।

विगतका वर्षमा निती तथा कार्यक्रममा उल्लेख गरे अनुसार ६५ प्रतिशत काम भएको समिक्षा गरेको छौँ । बाँकी ३५ प्रतिशत कामलाई यो बजेटमा कार्यन्वयन गरि थप परिमार्जन गरेर बजेट ल्याएको उनको भनाइ छ ।

उनका अनुसार एकल महिला, दलित, अपाङ्ग र विपन्न नागरिकको लागि स्वास्थ्य विमा कार्यक्रमलाई थप सुदृढ गरेर बजेट ल्याइएको छ ।

किसानहरुको उत्पादित बस्तुलाई बजार सम्म पुर्याउनको लागि कृषि एम्बुलेन्सको ब्यवस्था गरिएको र मौरि पालक, भैँसी पालक, भेडा पालक किसानहरुलाई कृषिमा आधारित अनुदान जस्ता कार्यक्रमलाई यो बजेटमा प्राथमिकतामा राखिएको अध्यक्ष शाहीले बताए ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ९ : २४ बजे