१४ मंसिर २०८२, आइतबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनौजी गाउँपालिकाको बजेट ३५ करोड ६६ लाख: पुर्वाधारलाई पहिलो प्राथमिकता



काठमाडौ । धनुषाको धनौजी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ करोड ६६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। सोमबार सम्पन्न गाउँसभाबाट उक्त बजेट पारित गरिएको हो।
गाउँपालिका अध्यक्ष राजकुमार साहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विकास निर्माण, सेवा प्रवाह र सामाजिक क्षेत्रमा लक्षित गरी बजेट विनियोजन गरिएको जानकारी दिए।
उनका अनुसार कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, महिला तथा बालबालिका सशक्तीकरण, युवाका लागि रोजगारीमुखी कार्यक्रम र वातावरण संरक्षणका क्षेत्रमा प्राथमिकता दिइएको छ।
गाउँपालिकाले चालू खर्च, पुँजीगत खर्च, अनुदान कार्यक्रम, संघीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण तथा आन्तरिक आम्दानीलाई समेत आधार मानेर बजेट निर्माण गरेको जनाएको छ।
गाउँसभाबाट पारित बजेट विवरण तथा प्राथमिक कार्यक्रमहरू सार्वजनिक गरिने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  १२ : ०१ बजे